काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्।
मंगलबार विहान नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग कोटेश्वर पुगेर भेट गरे लगत्तै अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन्। नेता नेपालसँगको भेटमा जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवपनि सहभागी थिए।
आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्।
अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित ३ र माओवादी केन्द्रबाट २ जना मन्त्री रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।