काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका छन्।
मंगलबार बिहान प्रचण्ड र यादव नेता नेपालको निवास कोटेश्वर पुगेका हुन्।
नेता नेपालसँगको भेटका लागि प्रचण्ड र यादव बिहान ८ बजे कोटेश्वर पुगेका थिए। उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो।
सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि नभ्याएपछि आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्। गठबन्धनमा रहेको जनमोर्चा सरकारमा नजाने भएपछि चार दलले सहमतिमा मन्त्रालय टुङ्गो लगाउने भएका हुन्।
एमालेको नेपाल पक्षलाईसमेत सरकारमा समेट्ने बारेमा छलफल चलिरहेको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।