काठमाडौं– सोमबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो। आज दिउँसाे ३ बजे बैठक बस्दै छ।
सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आजकाे बैठकले उनीहरुमाथि कारबाहीकाे प्रक्रिया अघि बढाउने जनाइएकाे छ।
उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो ।
तर, सांसदहरुले यसबारे कुनै जवाफ दिएका छैनन्। प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन्।
असार २८ मा संसद पुनःस्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला गरेको थियो।
तर, आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि कारवाही गर्ने सम्भावना रहेको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।