Photo: Sanjay Hadkar/BCCL
काठमाडाैं- भारतस्थित ठाणेकाे एक घरमा पहिराे खस्दा ५ जनाकाे मृत्यु भएकाे छ। सोमबार ठाणेस्थित कलवामा एक घरमा पहिरो खस्दा एकै परिवारका ५ जना पुरिएका हुन्।
मृत्यु हुनेमा ३ वर्षका बच्चा पनि रहेकाे स्थानिय अधिकारीहरुले बताएका छन्। यस्तै, पुरिएका ५ वर्षका प्रिति र १८ वर्षका अचललाई भने सुरक्षित निकालिएको छ।
यसअघि आइतबार चारवटा अलग घटनामा ३० जनाको मृत्यु भएको थियो । दिल्ली, जम्मू-कश्मिर, हिमान्चललगायत राज्यमा निरन्तर वर्षा भइरहेको छ।
भारतीय माैसम विभागले मुम्बई र पुने आसपास भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मुम्बईमा वर्षाकाे कारण केही समयका लागि स्थानीय रेलहरूलाई रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।