काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गरेका एक भारतीय पत्रकार जागिरबाट निकालिएका छन्।
इन्डिया टुडे ग्रुप अन्तर्गत सञ्चालित आजतक टेलिभिजनले सोसल मिडिया नीति उल्लंघन गरेको आराेपमा पत्रकार श्याममिरा सिंहलाई जागिरबाट निकालेकाे हाे।
सिंहले ट्वीट गर्दै आफूलाई कम्पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको रिफ्रेन्स दिँदै निकालिएको पत्र पठाएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।