• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के माधव नेपालपक्ष सरकारमा जाँदैछ?

64x64
नेपाल लाइभ सोमबार, साउन ४, २०७८  २०:४५
1140x725
फाइल तस्वीर, रासस

काठमाडौं-  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा जाने विषयमा चर्चा हुन थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्ष सरकारमा जाने विषयमा चर्चा सुरु भएको हो।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खासगरी नेपाललाई लक्षित गरेर दिएका अभिव्यक्तिलाई हेरेर एकताको प्रयत्न गरिरहेका कतिपय नेताले पनि अब एकताको विन्दु निकै टाढिएको बताउन थालेका छन्। अन्ततः अलग–अलग हुने भएपछि नेपालपक्ष सरकारमा जान सक्ने ओली पक्षका नेताहरुले पनि दाबी गर्न थालेका छन्। 

नेपाल पक्षका एक नेताले उपप्रधानमन्त्रीसहित ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी छलफल चलिरहेको बताए।

वर्तमान सरकार बनाउन निर्णायक भूमिका खेलेका नेता नेपालले नै सरकारमा सहभागी हुने संकेत देखाएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए। ‘ठोस कुरा भइसकेको होइन, तर संकेत देखिएको छ’, उनले भने। 

नेपाल लाइभको सम्पर्कमा आएका नेपाल पक्षका अर्का एक नेताले सरकारमा जान सकिने बताए। उनले भने, ‘सरकारमा जाने सम्भावना छ। विश्वासको मत लिने क्रममा अर्को पक्षका पनि सांसद आएकाले क–कसलाई पठाउने भन्नेबारे छलफल भइरहेको छ। नाममा हेरफेर हुनसक्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

एमाले अध्यक्ष ओली पक्षका आठ सांसदले प्रधानमन्त्री देउवालाई मत दिएका थिए। ओली पक्ष समेत माधव समूहमा जोडिएकाले मन्त्रीमा उक्त पक्षबाट आएकाहरुलाई पनि समावेश गरिने उनले बताए।

प्रधानमन्त्रीसहित कांग्रेसले ७, माओवादी केन्द्र/माधव पक्ष र जनता समाजवादीले ६/६ गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रारम्भिक सहमति दलहरुबीच बनेको प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताको दाबी छ।  देउवानिकट रहेका ती नेताले भने, ‘त्यही समझदारीअनुसार नै अघि बढ्ने हो।’ 

देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको जनमोर्चा भने मन्त्रिपरिषद्‌मा सहभागी नहुने भएको छ। देउवा नेतृत्वको सरकारमा तीनभन्दा बढी उपप्रधानमन्त्री हुने सम्भावना रहेको पनि कांग्रेसका ती नेताले बताए।

नेपालपक्षबाट उपप्रधानमन्त्रीसहित ६ जना मन्त्री बन्ने दाबी गरिएको छ। उपप्रधानमन्त्रीका रुपमा बामदेव गौतमको नाममा चर्चा भइरहेको छ भने मन्त्रीका रुपमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, गोपाल बम, कल्याणी खड्का, हिराचन्द्र केसी, कलिला खातुन, धनबहादुर बुढालगायतको नाम चर्चामा छ।

तर, गौतमनिकट स्रोतले यस्तो तयारी नभएको दाबी गर्‍यो। मन्त्रीको रुपमा चर्चामा आएका मेटमणि चौधरीलाई पनि हामीले तपाईं मन्त्री बन्दै हुनुहुन्छ रे नि भनेर सोधेका थियौं। चौधरीले भने, ‘मलाई त यस्तो चर्चाबारे केही थाहा छैन त!’ 

नेपाल पक्षका नेता रघुजी पन्तले पनि सरकारमा जाने विषयमा जानकारी नै नभएको बताए। उनले भने, ‘सरकारमा जाने नजाने विषयमा केही छलफल भएको छैन। यसबारे मलाई केही जानकारी नै छैन।’

नेपालनिकट अर्का एक नेताले चर्चा चलाइए पनि सरकारमा सहभागिताबारे केही पनि टुंगो नलागेको बताए। ‘त्यो भनेको त पार्टी नै अलग हुने स्थितिको कुरा हो, अहिले त हामी एकता जोगाउन सकिन्छ कि भनेर लागिरहेका छौं। एमाले एक हुँदासम्म सरकारमा सहभागी हुने भन्ने प्रश्न आउँदैन’, उनले भने, ‘त्यसकारण तत्काल सरकारमा जाने सम्भावना छ जस्तो मलाई लाग्दैन।’ 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य
सम्बन्धित सामग्री
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल भएको चिनियाँ राजदूतावासले... शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले वास्तविक सुकुम्बासीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका... शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किन... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्