Photo : Tariq Ismail
काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा एक बस र ट्रक ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्।
स्थानीय पत्रकार तारिक इस्माइलका अनुसार सियालकोटबाट राजनपुरतर्फ गइरहेको बस डेरा गाजी खानमा दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउने अधिकांश महिला र बालबालिका रहेका छन्।
‘४६ सिट क्षमता रहेको बसको भित्र कम्तिमा ७५ जना सवार थिए। यस्तै १५ जना बसको छतमा बसेका थिए,’ उनले बीबीसी उर्दूसँग भने।
बस दुर्घटना हुनुको कारण तीव्र गति रहेको उनको भनाइ छ। स्थानिय अधिकारीहरुका अनुसार धेरैजसो सियालकोटको फ्याक्ट्रिमा काम गर्ने मजदुर उक्त बसमा सवार थिए। उनीहरु बकर इद मनाउन घर फर्किँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।