काठमाडौं– नेपाली कांग्रेसको पौडेल पक्षले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पनि माग्ने भएको छ।
महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले सभापति देउवा नेतृत्वको सरकारमा आफ्नो पक्षबाट १ जना उपप्रधानमन्त्री माग्ने निष्कर्ष निकालेको हो।
महामन्त्री शशांक, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने निष्कर्ष निकालिएको पौडेल निकट स्रोतले जानकारी दियो।
सोमबारको बैठकले उपप्रधानमन्त्रीमा शशांक, प्रकाशमान र सुजातामध्ये १ जनाको नाम पक्का गरेपछि मात्रै अन्य मन्त्रालयको बारेमा छलफल अगाडि बढाउने निष्कर्ष निकालेको पौडेल पक्षका एक नेताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।