काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
बैठक दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बसिरहेको एक नेताले बताए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको अवस्थामा थप रणनीति बनाउन जसपा छलफलमा जुटेको हो।
यसअघि प्रधानमन्त्री देउवालाई जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले साथ दिँदै आएकोमा आइतबार महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि साथ दिएको छ। यो पक्षका सबै सांसदले आइतबार देउवालाई विश्वासको मत दिएका थिए।
जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन रहेको छ। महन्थ-राजेन्द्र पक्षले उपेन्द्र-बाबुराम पक्षलाई निर्वाचन आयोगबाट निवेदन फिर्ता लिन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।