काठमाडौं– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी नेता भीम रावलले प्रतिनिधि सभा सदस्य (सांसद) पदबाट दिएको राजीनामालाई 'अनावश्यक कदम' भनेका छन्।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ज्ञवालीले भीम रावलले सांसद पदबाट राजीनामालाई अनावश्यक कदम भनेका हुन्।
जेजस्ता कारण उल्लेख गरिए/भए पनि रावलले सांसद पदबाट राजीनामा गर्न हुँदैनथियो भन्ने पार्टीका नेताहरुको मत रहेको ज्ञवालीले बताए।
'उहाँ (रावल)ले जेजस्ता कारण भए पनि वास्तवमा राजीनामा गर्नुहुँदैन। पार्टीभित्र समस्याहरु उत्पन्न हुन्छन्। कहिले नेताहरुसँग गम्भीर विमति पनि हुन्छन्,' ज्ञवालीले भने, 'तर त्यसलाई भित्र बसेर छलफल गर्न सकिन्थ्यो, गर्न सकिन्छ भन्ने लाग्छ। सांसद् पदबाट राजीनामा आवश्यक थिएन। त्यो गर्नुहुँदैनथ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।