काठमाडौं- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावलाई पारित गरेको छ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
उनले २०७५ जेठ २ को सिलसिलामा बैठकलाई जोडेको उल्लेख गरे। आजको बैठकलाई दशौं बैठक भनिएको थियो।
'२०७५ जेठ ३ गते नवौं बैठक बसेको थियो। आजको बैठकलाई दशौं बैठक भनेका छौं। १० बुँदे प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको छ। अध्यक्ष ओलीले एमालेको राष्ट्रिय जीवनमा पारेको प्रभाव बारे चर्चा गर्नुभयो', प्रवक्ता ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।