काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई कारबाही गर्ने तयारीसहित २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रस्ताव गरेका हुन्। बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले भने अब स्पष्टीकरणको अर्थ नभएकाले सिधै कारबाहीको निर्णय गर्नुपर्ने माग गरेका छन्।
एमालेले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरे पनि एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।