काठमाडौं- वर्षापछिको बाढीका कारण युरोपमा १ सय ८८ जनाको मृत्यु भएको छ। जर्मनी र बेल्जियममा कम्तिमा पनि १८८ जनाको बाढीका कारण ज्यान गएको बीबीसीले जनाएको छ। जर्मनीमा मात्र १५७ भन्दा धेरैको मृत्यु भएको छ।
त्यस्तै बेल्लियममा ३१ जनाको मृत्यु हुँदा कयौं बेपत्ता रहेको जनाइएको छ।
जर्मन चान्सलर एन्जेला मार्केलले युरोपको केही हिस्सामा क्षति पुर्याउने बाढीलाई भयानक बताएकी छन्।
मार्केलले बाढी प्रभावित क्षेत्रको भ्रमणपछि प्रभावितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने बताइन्।
जर्मनीमा बाढीका कारण ज्यान गुमाउने र क्षति पछिल्लो ६ दशककै सबैभन्दा खराब प्राकृतिक विपद् भएको रोयटर्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।