काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा आफ्नो पार्टीका तर्फबाट भएको घटना अस्वाभाविक र चरम अनैतिक भएको टिप्पणी गरेका छन्।
सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यो आफ्नो पार्टीका लागि ‘शर्मनाक कुरा’ भएकोसमेत बताए।
आइतबार प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।
एमालेले संस्थागत रुपमा देउवाको विपक्षमा मत दिने निर्णय गरेपनि सांसदहरुले फ्लोर क्रस गरेर देउवाको पक्षमा मतदान गरेका थिए। २२ मध्ये धेरैजसो वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थिए भने केही ओली पक्षकै थिए।
ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरे। ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।