काठमाडौं– भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ। बिहानै भएको दुर्घटनमा पारी सात जनाको ज्यान गएको र अन्य १० जना घाइते भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ।
भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो। विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ठोकिएकामध्ये एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो। सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।