काठमाडौं– नेकपा (एमाले)का नेता गोकर्ण विष्टले पार्टी एकताका लागि प्रयत्न कायमै रहने बताएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमले फुटको संघारमा पुगेको एमाले एकताका लागि निरन्तर प्रयत्न गरिरहेको उनको भनाइ छ।
पार्टी एकताका क्रममा देखापर्ने विभिन्न घटनाक्रममा पनि एकताका लागि धैर्य नगुमाउन आग्रह गर्दै उनले पार्टी पंक्तिले एकता चाहेको बताएका छन्।
भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने दृढ प्रयत्नले सफलता पाउने उनले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।