काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ३८ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २१ हजारमाथि रहेको छ।
मन्त्रालयका अनुसार थप ४९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै भारतमा ४ लाख १४ हजार भन्दा धेरैको ज्यान गएको छ।
भारतमा अहिलेसम्म ४० करोड ६४ लाखले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।