काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ।
सोमबार ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने उनले बताए।
आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए।
यसअघि शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो। सर्वाेच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।
प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्ष बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।