काठमाडौं– प्रतिनिधिसभाको पूर्ण कार्यकाल सुनिश्चित भएसँगै पर्दा पछाडिका खेलाडीहरुको खेलमा विराम लागेको जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टाराईले बताएका छन्।
आइतबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएसँगै संसदको आयु जोगिएको उनको भनाइ छ।
उनले आइतबारको मतदानसँगै १२ बुँदे समझदारी र शान्तिसम्झौताका सहकर्मीबीच टुटेको कडी जोडिएको समेत उल्लेख गरेका छन्। पर्दा पछाडिका खेलाडीहरुको खेल तत्काललाई विराम लागे पनि सचेत रहनु पर्ने उनले बताएका छन्।
सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले लेखेका छन्, ‘अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो। नेकपाको दुई तिहाई बहुमत कांग्रेस गठबन्धनमा सर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।