काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।
प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई बधाई दिएका हुन्।
सर्वोच्च अदालतको फैसलापछि गत मंगलबार नै संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएका देउवालाई नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए। तर, समकक्षीस्तर (प्रधानमन्त्री मोदी)बाट भने देउवालाई बधाई तथा शुभकामना सन्देश आएको थिएन।
आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएको केही समयमै मोदीले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिएका हुन्।
सन्देशमा मोदीले देउवाको सफल कार्यकालको कामना गरेका छन्। मोदीले देउवाको प्रधानमन्त्रीकालमा दुई देशबीच सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बन्ने आशा पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।