काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभा समक्ष उनले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले १६५ मत पाएका हुन्।
देउवालाई कांग्रेसका अतिरिक्त माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसद्हरुले मत दिएका थिए। त्यस्तै, देउवालाई एमालेका २२ सांसद्ले पनि मत दिएका थिए।
एमालेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। तर, पार्टी निर्णय विपरीत २२ सांसदले मत दिएका हुन्।
यी हुन् देउवालाई मत दिने एमालेका २२ सांसदहरु:
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशंखे
हिरा केसी
कृष्ण श्रेष्ठ (किसान)
गोपाल बम
प्रेम आले
धनबहादुर बूढा
बिना बूढाथोकी
सरला यादव
पुष्पा कर्ण
लक्ष्मी चौधरी
निरा जैरी
रामकुमारी झाँक्री
कलिला खातुन
समिना हुसेन
कृष्णलाल महर्जन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।