काठमाडौं- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने बताएकी छन्। उनले जनमोर्चा सरकारमा नजाने भन्दै सरकारले विगतको अभ्यासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताइन्।
‘राष्ट्रपतिकहाँ प्रतिनिधि सभा जोगाउन गएका थियौ। तर, राष्ट्रपतिले त्यो नगरेपछि हामी सर्वाेच्च अदालत जान बाध्य भएका हौं’, उनले भनिन्, ‘सर्वाेच्च अदालतले पनि हाम्रो आग्रह अनुसार संविधान बचाउने काम गरेको छ।’
पाँच दलीय राजनीतिक गठबन्धनमा आ-आफ्नै राजनीतिक मतभेद भएको तर, ती सबैलाई बिर्सेर संविधान बचाउन एक भएर लडेको दाबी गरिन्। गल्तीलाई गल्ती स्वीकार गर्नैपर्ने भन्दै उनले बहुमतको सरकार छिन्नभिन्न नहोस् भनेर नै ओलीलाई सर्मथन गरेको तर अलोकतान्त्रिक कदम चालेका कारण पछि सर्मथन नदिएको दाबी उनले गरिन्।
सर्वोच्चले दुर्घटनबाट बचाउन पनि महत्त्वपूर्ण भूमिका निभाएको पाैडलेको भनाइ छ। विगतका सरकारको क्रियाकलाप देखेर कहाँ पुग्ने रहेछौं भनेर शेरबहादुर देउवाले विगतमा भएका कमि कमजोरीबाट शिक्षा लिएर अघि बढ्न उनले आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।