फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर १०* जना सांसदले प्रधानमन्त्री देउवाको पक्ष र विपक्ष कतैपनि मत नदिने भएका छन्।
आन्तरिक छलफलपछि नेपाल पक्षका १० जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन्।
'प्रतिगमनको पक्षमा उभिएका महन्थ ठाकुरहरुले पक्षमा मत दिने गर्नुभयो। हामीले पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्यौं,' नेपाल पक्षका एक सांसदले भने।
नेपाल पक्षका केही सांसदले भने पार्टी एकतालाई जोगाउनका लागि देउवाको पक्ष र विपक्ष कतै पनि मतदान नगर्ने निर्णय गरिएको बताएका छन्।
सांसद यज्ञ सुनारले पार्टी एकता जोगाउनका लागि देउवालाई मत नदिने निर्णय भएको बताए।
पक्ष/विपक्ष कतै पनि मत नदिने निर्णय गरेका एमालेका १० जना सांसदहरु संघीय संसद भवन परिसरबाट बाहिरिएका छन्।
* समाचारमा यसअघि उल्लेखित सांसदहरुको संख्या फरक पर्न गएकाले सच्याइएको छ– सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।