काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बाहिरी शक्तिहरुको चलखेलले सबै उपलब्धि गुमाउने खतरा पैदा भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधान सभाबाट बनाएको संविधानको हत्या गर्ने काम भएको टिप्पणी गरे।
'यसको मूलभूत मान्यताहरुलाई कुल्चने। र, देशलाई अध्याँरो सुरुङमा धकेल्ने। दृश्य अदृश्य भित्री बाहिरी शक्तिहरुको चलखेलले यो सबै उपलब्धिलाई गुमाउने खतरा पैदा भयो', भट्टराईले भने।
उनले संविधानलाई आधा भरिएको र आधा खालि भनेको स्मरण गर्दै आफूहरूले आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहेको बताए।
'फेरि पनि हामीले अग्रपंक्तिमा उभिएर किन लाग्यौं भने हमी यो आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहन्थ्यौं। तर, यहाँको भष्मासुर प्रवृत्तिले आधा गिलासलाई घोप्ट्यायो। खालि गर्यो। त्यसैले हामी कमसेकम आधा गिलास त फिर्ता गरौं भनेर लाग्यौं', भट्टराईले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।