काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्।
देउवाले पेस गरेको प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ। दलगत प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यहरुले प्रस्ताव पक्ष/विपक्षमा आ–आफ्नो दलका धारणाहरु राखिरहेका छन्।
प्रतिनिधि सभा सदस्यहरुले धारणा राखिसकेपछि प्रधानमन्त्री देउवाले त्यहाँ उठेका प्रश्नहरुको जवाफ दिनेछन्।
त्यसपछि, विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ, र मत विभाजन हुनेछ। संघीय संसद सचिवालयले मत विभाजन प्रक्रियाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।