काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले विश्वासको मत दिने बताएका हुन्।
'उहाँ (प्रधानमन्त्री देउवा)ले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा हामी उहाँलाई मत दिन्छौं,' ठाकुरले भने।
देउवालाई विश्वासको मत दिने बताएका ठाकुरले प्रधानमन्त्री भने सर्वोच्चको परमादेशले बनेको टिप्पणी गरे।
नेता ठाकुरले संविधानको जतिसुकै गुणगान गरेपनि संविधानकै कारण आफूहरुले गाली खानु परेको र आफ्नो पार्टीका सांसद जेलमा रहेको पनि स्मरण गराए।
'प्रधानमन्त्री परमादेशले बनेको हो, जनताको आदेशले होइन,' ठाकुले भने, 'यो संविधानको जति गुन गाउनुस्, यो संविधानले गर्दा हामीले गोली खानुपरेको छ। हाम्रा सांसद् जेलमा छन्।'
प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दै आफूहरुलाई पत्र पठाएको र त्यसलाई आफूहरुले स्वीकार गरेको बताए।
'प्रधानमन्त्रीले चिठी पठाउनुभयो। हामीले स्वीकार गर्यौं,' ठाकुरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।