फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु आन्तरिक छलफलमा जुटेका छन्।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमा छलफल चलिरहँदा नेपाल पक्षका सांसदहरु सभा बाहिर छलफलमा जुटेका हुन्।
एमालेको नेपाल पक्षका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतको पक्षमा मत दिने चर्चा चलिरहेको छ।
तर, नेपाल पक्षले मत नदिँदै देउवाको पक्षमा बहुमत पुग्ने अवस्था देखिएपछि उनीहरु थप छलफलमा जुटेका हुन्।
गत जेठ ७ गते संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आह्वान हुँदा देउवाको पक्षमा हस्ताक्षर गरेका र पछि सर्वोच्च अदालतमा दायर गरिएको रिटमा समेत हस्ताक्षर गरेका एमाले सांसदहरु छलफलमा जुटेका हुन्।
नेपाल पक्षका नेता एवम् सांसद गोकर्ण विष्टले छलफल चलिरहेको पुष्टि गरे। तर, छलफलमा सहभागी सांसदहरुको संख्या भने उनले खुलाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।