काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओली यसरी प्रस्तुत हुन्छन् भन्ने थाहा पाएको भए आफू उतिबेला पार्टी एकता नै नगर्ने बताएका छन्।
उनले यस्तो दुर्दशा देख्न परेको भए गठबन्धन र पार्टी एकताको प्रस्ताव नै नलिने बताए। ‘पाँच वर्ष नपुग्दै २/२ पटक विघटन र पुन:स्थापना भएको इतिहास छैन होला ’ उनले भने ‘दुई तिहाइको प्रधानमन्त्रीले विघटन गरि दुर्घटनमा धकेल्ने काम भएको हो।’
उनले थपे, 'शपथ ग्रहण वा नियुक्तिमा राष्ट्रपति निवासमा थियौं। त्यहाँ अस्वभाविक भयो। राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषा नै अशोभनीय थियो।’
दाहालले तीन जनाको हस्ताक्षर बुझाएर ओलीले १५३ जनाको दाबी गरेको भन्दै यसले लोकतन्त्रको उपहास भएको टिप्पणी गरे। उनले संविधानमा त्यसको व्याख्या गर्ने अधिकार अदालतलाई दिएकाले उसले व्याख्या गरेको दाबी गरे। उनले प्रतिनिधि सभा पुन:स्थापना गर्नु लोकतान्त्रिक र हत्या गर्नु कसरी हो भन्दै प्रश्न गरे।
उनले राष्ट्रपतिसमक्ष १४९ जनाको हस्ताक्षर गर्दा नपुग्ने अनि ३ जनाको हस्ताक्षर गरेर १५३ जना देखाउन पाइने कस्तो लोकतन्त्र हो भनेर प्रश्न गरे। 'अकालमा मृत्यु हुनुबाट संसद्लाई बचाउने व्यवस्था राखिएकाले अदालतले बचाएको हो। यसमा निर्दलीय भनेर चिन्ता गर्न पर्दैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।