काठमाडौं– नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका ५ जना न्यायाधीशबाट नियुक्ति पाएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले २०६१ सालमा 'श्री ५' तत्कालीन राजाबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिले 'श्रीमान ५' बाट नियुक्ति पाएको टिप्पणी गरे।
'२०६१ जेठमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। त्यतिबेला उहाँले श्री ५ बाट न्याय पाएँ भन्नुभएको थियो। तर त्यो न्याय माघ १९ मा कहाँ गयो,' ज्ञवालीले भने, 'अहिले सर्वोच्च अदालतका ५ जना श्रीमान् (न्यायाधीश)बाट प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उतिबेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुनभएको थियो। अहिले श्रीमान् ५ बाट!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।