काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिन प्रस्ता पेस गर्ने क्रममा प्रधानमन्त्री देउवाले जनतालाई कोभिड-१९ को प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने बताए।
'सरकारले कोभिड रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु', देउवाले भने। उनले अहिले मुलुक जटिताको स्थितिमा रहेको र कोभिडले प्रभावित भएको बताए।
'हामी सबैसँग आ-आफ्नो अनुभव छन्। ओलीले तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ। उहाँले गर्नुभएका राम्रा कामका लागि धन्यवाद दिन चाहन्छु। हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होइनौं। बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौं भावनाका साथ काम गर्नुपर्छ', देउवाले भने।
प्रधानमन्त्री देउवाले पटक पटक प्रतिनिधि सभाको विघटनका कारण देशका केही समय राजनीतिक अन्योलताको स्थिति भोग्नुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।