काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन्।
दोस्रो बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवालाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिनेछन्।
त्यसपछि, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सदस्यहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिनेछन्। त्यहाँ उठेका प्रश्नहरुको प्रधानमन्त्री देउवाले जवाफ दिनेछन्।
त्यसपछि, विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। र, मत विभाजन हुनेछ।
अन्तिममा, सभामुखले मत विभाजनबाट प्राप्त परिणाम सुनाउनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।