काठमाडौं- प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा भाग लिन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली संसद् भवन प्रवेश गरेका छन्। आइतबारको पहिलो बैठकमा भने उनी अनुपस्थित थिए।
दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वास प्रस्तावमाथि मतदान हुँदैछ। एमालेले भने उनको विपक्षमा मत दिने निर्णय गरेको छ। यद्यपि, सो पार्टीका माधवकुमार नेपाल पक्षका सांसद्हरुले भने पक्षमा मत दिने बताइरहेका छन्।
देउवाको पक्षमा उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्र सांसदले पनि मत दिने भएका छन्। जसपाका दुवै पक्षले मत दिने बताइएको छ। माधवकुमार नेपाल पक्षका कति सांसद्ले मत दिन्छन् भन्ने विषय भने स्पष्ट भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।