काठमाडौं– पछिल्लो समय दुई पक्षमा विभाजित भएको जनता समाजवादी पार्टीका सांसदहरु प्रतिनिधि सभाको पक्ष र विपक्ष दुवै तर्फ बसेका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको उपेन्द्र यादव पक्ष सत्ता पक्षतिर सबेको छ। त्यस्तै, महन्थ ठाकुर पक्ष भने विपक्षतिर बसेको छ।
यादव पक्षको संसदीय दलको आइतबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने निर्णय गरेको हो। सोही अनुसार सो पक्ष सत्ता पक्षतिर बसेको हो।
ठाकुर पक्षले भने देउवालाई मत दिने वा नदिने भन्ने बारे औपचारिक रुपमा केही बोलेको छैन। तर, यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सो पक्षले सघाएको थियो।
जसपाका ३२ सांसद् मध्ये यादव पक्षमा १८ जना सांसद् रहेको बताइएको छ। ठाकुर पक्षमा रहेका केही सांसद्हरु यादव पक्षमा खुलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।