काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विवादस्पद नागरिकता सम्बन्धी अध्यादेश प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गरेका छन्।
उनले नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नर्गन भनि अन्तरिम आदेश जारी गरेको तर तत्कालीन समयमा संसद् नभएकाले ल्याएको भन्दै पेश गरेका छन्।
गृहमन्त्री खाँणले पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) अध्यादेश पनि पेश गरे। सर्वोच्चले जेठ २७ गते उक्त अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले मुद्दाको फैसला नभएसम्मका लागि अध्यादेशमा रोक लगाएको थियो। प्रतिनिधि सभामा कानुन दर्ता भई विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याएको भन्दै सर्वाेच्चले रोक लगाएको थियो। सर्वोच्चले दूरगामी महत्वको प्रस्ताव ल्याउन नसक्ने भन्दै रोक लगाएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको जारी गरेको थियो।
तत्कालीन सरकारले अध्यादेशमार्फत् नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो। प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेको थियो। जसविरुद्ध सर्वाेच्चमा मुद्दा दायर भएको थियो। सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।