काठमाडौं- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार लिएको प्रधानमन्त्रीको शपथ विवादमा परेपछि ल्याइएको शपथसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ।
सर्वोच्च अदालतको फैसलानुसार पुन:स्थापना भएपछि पहिलोपटक आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकार मन्त्रीहरुले अघिल्लो (ओली) सरकारले ल्याएका केही अध्यादेशहरु पेस गरेका छन्।
ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश खारेज गरेको देउवा सरकारले अन्य केही अध्यादेशहरु भने संसद्मा पेस गर्ने निर्णय गरेका थियो ।
संविधानको धारा ७६ को ५ अनुसारको सरकारको नेतृत्व गर्दै नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा आएपछि अघिल्लो सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश र केही अन्य अध्यादेश प्रतिनिधि सभामा पेस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।