काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको आरम्भमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन्।
त्यसैगरी, उनले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे।
‘सरकारले आउने दिनमा कोरोना विरुद्धको खोपमा कमी आउन दिने छैन। सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछुु’, उनले भने।
सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।