काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसमक्ष राजीनामाको वक्तव्य पढ्दै उनले उच्च नेतृत्वको स्वेच्छचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए।
गाडीबाट झरेर विज्ञप्तिसहित पत्रकार भएको ठाउँमा पुगेका रावललाई एमाले नेता सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए। तर, रावलले 'प्लिज पत्रकारहरूसँग बोल्द दिनुस्' भन्दै अघि बढे।
'भित्र जाउँ कमरेड' भन्दै पाण्डेले रावललाई तान्न खोजे। तर, रावल जंगिए।
त्यसपछि पाण्डे संसद् भवनभित्र छिरे भने रावल राजीनामाको व्यहोरा पढेर पत्रकारहरूलाई थप प्रतिक्रिया नदिइ बाहिरिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।