File: Tingshu Wang/Reuters
काठमाडाैं- टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै काेराेना संक्रमित हुने खेलाडीकाे संख्या चार पुगेकाे छ।
ओलम्पिक भिलेजभित्र रहेका ती दुई खेलाडी एकै देशकाे रहेकाे जनाइएकाे छ। तर, ती खेलाडीहरु जापानी नरहेकाे आयाेजकहरुले दाबी गरेका छन्। ती व्यक्ति कुन देशका हुन् र काे हुन् भन्नेबारे खुलाइएको छैन।
एकजना खेलाडी भने ओलम्पिक भिलेजमा नरहेकाे बताइएकाे छ। ओलम्पिक भिलेजभित्र रहेका दुई र बाहिरका एक खेलाडीसहित आठ गरी आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
एकैदिन तीन खेलाडी, ओलम्पिक गेममा सम्बन्धित पाँच अधिकारी, एक मिडियाकर्मी र एक टोकियो ओलम्पिक कन्ट्रयाक्टर गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यता, दक्षिण अफ्रिकाले पनि आफ्नो फुटबल टाेलीका दुई खेलाडीसहित तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ। तर, परीक्षण कहाँ गरिएकाे हाे भनेर खुलाइएकाे छैन।
ओलम्पिक सुरु हुनु ५ दिन बाँकी रहँदा टोकियो पुगेका चार खेलाडीसहित ५५ जना काेराेना संक्रमित भइसकेका छन्।
यसअघि हिजो शनिबार टोकियोमा ल्याण्ड भएपछि चेक रिपब्लिकका एकजना अफिसियललाई कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएका खेलाडी र उनीहरुकाे टोली नै आइसोलेट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।