काठमाडाैं- लगातार भारी वर्षासँगै गएकाे पहिराेमा परी मुम्बईमा २० जनाकाे मृत्यु भएकाे छ।
स्थानिय अधिकारीहरुका अनुसार शनिबार बिहान १ बजे नवी मुम्बईको वाशी क्षेत्रमा पहिरोले एक घरको भित्ता ढल्दा १७ जनाकाे मृत्यु भएकाे हाे।
त्यस्तै, मुम्बई उपनगरस्थित विख्रोलीमा दिउँसो २ बजे पहिरोले झुपडी पुर्दा तीन जनाको मृत्यु भएको छ। यो घटना विक्रोलीको सूर्य नगर क्षेत्रमा भएकाे बताइएकाे छ। स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये केहीलाई अस्पतालमा भर्ना गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकृतिक प्रकाेपबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५०/५० हजार दिने घाेषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।