तस्वीर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाले आज लिँदै गरेको विश्वासको मतमाथि हुने मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन भनेको छ। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले सांसद्हरुलाई प्रस्तावको पक्षमा मत जायर गर्न भनेको हो।
'संसदीय दलले संसदीय दलमा रहनुभएका नेपाली कांग्रेसका सम्पूर्ण माननीयहरुलाई आजको विश्वासको मतलाई पारित गराउनका अनिवार्य उपस्थितिको लागि नेपाली कांग्रेसले आफ्नो ह्वीप जारी गरेको छ', बैठकपछि सचेतक पुष्पा भुसालले भनिन्।
संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई विश्वासको मतको पक्रियामा साथ र सहयोग गर्नका लागि आग्रह पनि गरेको भुसालले बताइन्। उनका अनुसार संविधानको रक्षा गरेको र प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद पनि दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।