काठमाडाैं- कोरोनाविरुद्धकाे दुवै डोज खोप लगाएका बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविद संक्रमित भएका छन्।
गएको जुनदेखि स्वास्थ्यमन्त्रीकाे पदभार ग्रहण गरेका साजिदमा काेराेना संक्रमण पुष्टि भएको हाे।
शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटेको भोलिपल्टै शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको बीबीसीले जनाएकाे छ।
प्रधानमन्त्री जोन्सनलाई भेट्न अगाडि नै जाभिद बिरामी थिए। उनमा निकै मन्द लक्षणहरु मात्रै देखिएको जनाइएको छ। उनले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका छन्।
यसैबीच बेलायती स्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री जोन्सन पनि क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन्। तर, बेलायती राष्ट्रिय स्वास्थ्य सेवाले प्रधानमन्त्रीले क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ।
जोन्सन र जाभिदबीच व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने नियम पालना भएको बताइएको छ।
बेलायतमा पछिल्लो केही दिनयता संक्रमण बढ्दो क्रममा छ। पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।