फाइल तस्वीर
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को संसदीद दलको बैठक सुरु भएको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सांसदहरुको सहभागिता रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएपछि त्यसबारे निर्णय गर्न उपेन्द्र–बाबुराम पक्षले दलको बैठक बोलाएको हो।
देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा जसपाको उपेन्द्र–बाबुराम पक्षका १२ जना सांसदहरुले हस्ताक्षर गरेका थिए।
अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका केही सांसदहरु पनि अहिले आफूहरुको पक्षमा आएका उपेन्द्र–बाबुराम पक्षका नेताहरुको भनाइ छ। आफूहरुको पक्षमा अहिले करिब १७ जना सांसद पुगेको उपेन्द्र–बाबुराम पक्षका एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।