काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंग्याउनका लागि निर्वाचन आयोगमा सुनुवाइ सुरु भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा गठित इजलासमा जसपाको आधिकारिकता विवादसँग सम्बन्धित 'मुद्दा'को आइतबार सुनुवाइ सुरु भएको हो।
जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आफूहरु आधिकारिक भएको भन्दै आयोगमा दाबी पेस गरेका छन्।
दुवै पक्षले दाबी पेस गरेपछि आयोगले विवाद टुंग्याउनका लागि इजलास गठन गरी सुनुवाइ थालेको हो।
सुनुवाइमा बहसका लागि उपेन्द्र–बाबुराम पक्षबा६ ९ जना कानुन व्यवसायी छन्। यस्तै, ठाकुर–महतो पक्षबाट ८ जना कानुन व्यवसायीहरु छन्।
आधिकारिकता विवादमाथिको सुनुवाइअन्तर्गत जारी बहस सुन्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु अहिले निर्वाचन आयोगमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।