फाइल तस्वीर
काठमाडौं– आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु छुट्टै छलफलमा जुटेका छन्।
जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षधर सांसदहरु बालकुमारीस्थित पार्टी कार्यालयमा अनौपचारिक छलफलमा जुटेका हुन्।
बालकुमारीमा अहिले नेताहरु महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, महोम्मद ईस्तियाक राई लगायत नेताहरु छलफलमा छन्। अनौपचारिक भनिएको छलफलमा अध्यक्ष यादव लगायत नेताहरु पनि सहभागी हुने जनाइएको छ।
देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा जसपाको उपेन्द्र–बाबुराम पक्षका १२ जना सांसदहरुले हस्ताक्षर गरेका थिए।
अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका केही सांसदहरु पनि अहिले आफूहरुको पक्षमा आएका उपेन्द्र–बाबुराम पक्षका नेताहरुको भनाइ छ। आफूहरुको पक्षमा अहिले करिब १७ जना सांसद पुगेको उपेन्द्र–बाबुराम पक्षका एक नेताले जानकारी दिए।
'सांसद रूही नाज मिकरानी उपत्यका बाहिर हुनुहुन्थ्यो। अहिले काठमाडौं आउँदै हुनुहुन्छ। विश्वासको मत दिने बेलासम्म उहाँ पुग्नुभयो भने हाम्रो तर्फबाट १७ जनाले विश्वासको मत दिन्छौं,' जसपाका एक नेताले नेपाल लाइभसँग भने, 'उहाँ (रुही नाग मिकरानी) पुग्नुभएन भने १६ जना हुन्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।