फाइल तस्बिर।
काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन्।
भारतको नयाँदिल्लीमा उपचाररत खनालले विज्ञप्तिमार्फत् अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। देउवाले मत नपाए मुलुकको स्थिति थप संकटग्रस्त हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा रहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याएको उनले बताएका छन्। ‘पाँच वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनःस्थापित गरिएको छ,’ उनले लेखेका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।