काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको माओवादीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद् मातृका यादवले जानकारी दिए।
उनले देउवाले विश्वासको मत पाउनेमा शंका नभएको बताए। 'सोह्रै आना पाउनुहुन्छ। अदालतलमा हस्ताक्षर गर्ने भन्दा बढीले विश्वासको मत दिनुहुन्छ', यादवले भने, '१५० भन्दा बढी सांसदले मत दिनुहुन्छ।'
उनले अहिलेसम्मको आफूहरुको लडाइँ संसद् निरन्तर चलोस् भन्नेमा रहेको बताउँदै त्यसमा सफल भएको बताए। बैठकमा आगामी सरकारमा 'पावर सेयरिङ'को विषयमा भने छलफल नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।