काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बिहान ११ बजे बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो।
आजको बैठकले केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गर्ने र विधान अधिवेशनको तयारी गर्ने बताइएको छ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु अनुपस्थित भएका छन्। साउन १ गते बसेको स्थायी कमिटीको बैठकमा पनि सो पक्ष अनुपस्थित भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्। उनलाई विश्वासको मत दिने विषयमा नेकपा एमाले विभाजित भएको छ। संस्थापनपक्षले विश्वासको मत नदिने निर्णय साउन १ गतेकै बैठकबाट गरिसकेको छ। नेपालपक्षका सांसदहरुले भने विश्वासको मत दिएर संसद जोगाउने धारणा सार्वजनिक गरिरहेका छन्। यस सन्दर्भमा स्थायी कमिटीले थप केही निर्णय गर्नसक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।