काठमाडौं- नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको तीन महिनाको प्रयास खेर गएको टिप्पणी गरेका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असमति जनाएका कारण मिहिनेत खेर गएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो’, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता पोखरेलले लेखेका छन्।
पोखरेल पनि विवाद समाधान कार्यदलमा सदस्य थिए। कार्यदलले गएको असार २७ गते राति १० बुँदे सहमति जुटाएको थियो। जसलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइएको थियो भने १ साउनमा बसेको एमालेको स्थायी कमिटी बैठकले त्यसलाई ग्रहण गरेको थियो। तर, उक्त बैठकमा नेपाल पक्ष भने सहभागी थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।