फाइल तस्बिर
काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसद मेटमणि चौधरीले मध्यावधि चुनावमा मूलुकलाई नपुर्याउनका लागि विश्वासको मत दिने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पुन:स्थापित संसद्को पहिलो बैठकमा आज विश्वासको मत लिने भएका छन्। ‘थोरै जनाले मत दिए पनि बहुमत पुग्ने रहेछ। हामी एमालेका ३०/३५ जनाले देउवाको पक्षमा मत दिन्छौं,’ सांसद चाैधरीले भने।
उनले अरु प्रधानमन्त्रीले यस्तो गर्न नपाउन् र कानुनी राज्यका लागि विश्वासको मत दिने बताए।
देउवालाई विश्वासको मत पाउन १३६ मत आवश्यक पर्दछ। पछिल्लो अंकगणितअनुसार देउवालाई नेपालपक्षका सात जना सांसदले मत दिए उनले विश्वासको मत पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।