काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे जसपा पार्टी कार्यालय बालकुमारीमा बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए।
आज दिउँसो ४ बजे संसद् बैठक बस्ने र आजै प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत लिने भएपछि आफ्नो रणनीति तय गर्न जसपाको बैठक बस्न लागेको हो।
जसपाको यादव-भट्टराई पक्षले देउवा नेतृत्वको सरकारलाई साथ दिएको छ। यो पक्षमा सरकारमा जाने समेत तयारी छ।
आफूहरूसँग १८ सांसद रहेको उपेन्द्र-बाबुराम पक्षले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।